काठमाडौं । नबिल बैंकले १ लाख ५० हजार कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला गरेको छ ।
बैंकको सूचना अनुसार बैंकका एक संस्थापक सेयरधनीले दिएको निवेदन बमोजिम संस्थापक सेयर माघ १६ गते सोमबारदेखि बिक्री खुला गरिएको हाे ।
उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सोमबारदेखि ७ दिनभित्रमा नबिलको केन्द्रीय कार्यालय, तीनधारा काठमाडौंस्थित कम्पनीको सचिवको कार्यालयमा पुग्नेगरी निवेदन पेश गर्नुपर्ने बैकले जनाएको छ । यद्दपि, सेयर भाउ आपसी समझदारीमा पनि तय गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।
Comments are closed.