काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्बको ऋणपत्र बिक्री गर्ने भएको छ ।
नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार ५ वर्ष अवधिको ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको ५ वर्षे विकास ऋणपत्र २०८४ ‘झ’ बोलकबोल मार्फत् माघ १८ गतेदेखि बोलकबोल मार्फत् बिक्री गर्न लागेको हो ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंकिङ वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले माघ १८ गतेदेखि उक्त ऋणपत्र बिक्री गर्नेछ ।जारी ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न बैंकले आग्रह गरेको छ ।
Comments are closed.