निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव मिति

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रपति र उपउपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ ।

आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवारका लागि मिति तोकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउने जानकारी दिने छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

You might also like

Comments are closed.