कैलालीबाट ११ किलो ९०० ग्राम चरेशसहित ४ जनालाई पक्राउ

काठमाडौं । प्रहरीले कैलालीबाट ११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका-३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ११ किलो ९०० ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । ४ रै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.