बङ्गलादेशका राजदूत चौधरी र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता

काठमाडौं ।  परराष्ट्रमन्त्री बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच  आज  भेटवार्ता भएको छ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटवार्तामा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

त्यस्तै, राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गरेका  थिए ।

साथै उक्त भेटवार्तामा भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी थिइन् ।

 

 

You might also like

Comments are closed.