आजदेखि शुभम् पावरकाे आइपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । शुभम् पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा पाँच हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर समेत थप भएको छ ।

कूल कित्ता सेयरमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । ११ हजार ६१० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

यो सेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म बिक्री अवधि लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

आइपोओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

You might also like

Comments are closed.