कुखुरा किसानलाई ५८ करोड क्षतिपूर्ति छिटाे दिन गगन थापाको आग्रह

काठमाडौं । बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट गरिएका किसानलाई सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड रुपैयाँ छिटो दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट गरिएका किसानलाई सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड रुपैयाँ रहेको भन्दै उक्त रकम दिन ढिलाइ नगर्न आग्रह गरेका हुन् ।

त्यस्तै, महामन्त्री थापाले सरकारलाई बैंकको ऋण तिर्न नसकेर मर्कामा परेका किसानको समस्या बेलैमा बुझ्न माग गरेका हुन् । साथै उनले बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो की अप्रिय निर्णय गरेपछि आशु झार्दै छानबिन गर्न समिति बनाउने हो भन्दै प्रश्न समेत गरेका छन् ।

‘नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ’ उनले भने, ‘मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो रु अप्रिय निर्णय गरेपछि आशु झार्दै छानबिन गर्न समिति बनाउने हो कि रु’

 

You might also like

Comments are closed.