काठमाडाैं । नौ किलो सुनसहित क्यानडेली नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब पक्राउ परेका हुन् ।
(यूएई) दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक माहगौबलाई विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो।
विमानस्थल भन्सार कार्यालयका अनुसार फ्लाइ दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको र घटनाबारे अहिले थप अनुसन्धान भइरहेको छ ।
Comments are closed.