नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

सांसद चौधरीलाई सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई १० वर्षअघि ट्र्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालतले छ महिना कैद र आठ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।फैसलापछि केही समय फरार रहेका चौधरीलाई प्रहरीले आज पक्राउ गरेका हो ।

शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको थियो ।  चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् ।

You might also like

Comments are closed.