पोखराका व्यापारीहरु अनसनमा ! बैंकको चर्को ब्याजदर घटाउन माग

पोखरा । पोखरामा लौरो अभियानको नेतृत्वमा मानव अधिकार चोकमा ३ दिनसम्मको लागि रिले अनसन सुरु भएको छ ।

बिहीबारदेखि सुरु भएको रिले अनसनमा बैक तथा वितिय संस्थाबाट झिकिएको ऋण र ब्याज समयमा नै चुक्ता गर्न नसक्दा मानिसहरु यति बेला मानसिक तनावमा रहेको र बैकले घरमै आएर ताकेता गरेपछि आफुहरु आतिएको अभियानमा सहभागीहरुले बताएका छन् ।

पछिल्लो समय नेपालमा ऋणको ब्याज १६ प्रतिशतसम्म लिने गरेको भेटिएको छ । चर्को ब्याजदर र बजारमा आर्थिक अभाव भएकै कारण आफुहरु यतिबेला समयमा नै ऋण तिर्न नसकेको व्यवसायीहरू बताउछन ।आफु जन्मेको, हुर्केको ठाउँमा नै केहि व्यवसाय गर्छु भन्ने ठुलो सपना देखेर ऋण लिएर लगानी गरिएको ब्यापार घाटामा जान लागेपछि व्यापारीहरु सकसमा परेका छन् । एकातिर बजारमा आर्थिक संकट बढ्दो क्रममा छ । आफुहरुले लिएको ऋण समयमा तिर्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि अहिले तत्काल नै सबै चुक्ता गर्न नसक्ने अवस्थामा नरहेको र सरकारले पनि अब मौनतामा बसेर हैन व्यापाको समस्यालाई मध्यनजर गर्दै केही राहतका निर्णयहरु मन्त्रिपरिषद्बाट ल्याउनु पर्ने सहभागिको माग रहेको छ ।

शहरी क्षेत्रमा बढ्दो महंगीसँगै जीवन चलाउन गाह्रो भएको र ऋणको कारणले गर्दा नै धेरै जना यतिबेला आफ्नो ज्यान समेत फाल्दै आत्मदाह र आत्महत्याको बाटो रोज्ने गरेका छन् । समयमा नै ऋण तिर्न नसक्दा वा चर्को ब्याजदरमा पैसा बुझाउन नसक्दा अब आउने दिनहरुमा कसैले पनि मर्नु नपरोस भनेर आफुहरु सरकारलाई समयमा नै सचेत बनाउदै दबाव दिन कै लागि अनसन सुरु गरेको अभियान्ताहरु बताउँछन ।

You might also like

Comments are closed.