नेपाली श्रमिकलाई स्थानीय कामदार सरह सेवा सुविधा दिने मलेसियन गृहमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं ।  मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले नेपाली श्रमिकलाई स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल भ्रमणमा रहेका मलेसियन गृहमन्त्री इजमाइलले  शुक्रबार काठमाडौंको सोल्टी होटलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको श्रम मन्त्रालयको टोलीसँग भेटवार्ता गर्दै नेपाली श्रमिकलाई ज्यालामा विभेद नगर्ने भन्दै मलेसियाका स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्तभेटमा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपाल र मलेसियाबीच भएको श्रम समझदारी नवीकरण लगायतको विषयमा समेत छलफल भएको समेत श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । ।

श्रम मन्त्री अर्यालसँगको छफफलमा मलेसियन गृहमन्त्री मलेसियाले छिट्टै नयाँ श्रमिक नीति बनाउने र यो नीतिमा श्रमिकको ज्यालामा बृद्धि गरिने बताए । मलेसियामा काम गरिरहेका तर विभिन्न कारणले कानुनी हैसियतमा नरहेका नेपालीहरूका लागि ‘रि क्यालिब्रेसन प्लान’ अघि सारेको पनि उनले जानकारी दिए ।

‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ अन्तर्गत मलेसियाले नेपालसहित विभिन्न १५ देशबाट तुरुन्तै ५ लाख श्रमिक लैजाने योजना बनाएको समेत औपचारीक जानकारी दिएका छन् ।

मलेसियन गृहमन्त्री इजमाइलले हाल २ लाख ८५ हजार ७६८ जना नेपालीहरू मलेसियामा कार्यरत रहेको पनि जानकारी दिएका छन् । उनका अनुसार उत्पादनमूलक क्षेत्रमा १ लाख ८५ हजार कार्यरत रहेको र बाँकी ७० हजार जना नेपालीहरू मलेसियामा सुरक्षा गार्डका सुरुमा काम गरिरहेका छन् । बिहीबार बेलुका १५ सदस्यीय टोलीसहित मलेसियन तीन दिने भ्रमणका लागि गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेपाल आएका हुन् ।

You might also like

Comments are closed.