काठमाडौं । प्रहरीले एनआईसी एसिया बैंककाे अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हाे ।
प्रहरीका अनुसार उजरीका आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई काठमाण्डौ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ ।
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालको एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेको आरोपमा आठ जना पक्राउ गरिएको हो ।
ढकालले रकम चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.