काठमाडौं । देशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीओ बिक्री खुला गरेको छ ।
आइतबारदेखि लघुवित्तले सर्वसाधारणमा निष्कासनका लागि छुट्याइएको सेयरमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेसकिने छ ।
उक्त आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मरो सेयर अनलाइन प्रणलीमार्फत आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपिओलाई इक्रा नेपालले ”इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस” रेटिङ प्रदान गरेको छ। जसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ २२ गते आइतबारदेखि आइपीओ खुला गर्ने भएको हो ।लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको जारी गर्ने आइपीओ मध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको हो ।
जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयर फागुन १८ गतेदेखि आईपीओ विक्री खुला हुनेछ ।
Comments are closed.