काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
लघुवित्तको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तका हाल कायम चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजारको १५ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश सहित कुल १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई गत वैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।
Comments are closed.