फोनपेले ल्यायो ‘फोनपे अफलाइन पेमेन्ट’ सेवा

काठमाडौं । अब इन्टरनेट नभए पनि क्यूआर भुक्तानी गर्न सकिने भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै भुक्तानी प्रणाली सञ्चालक फोनपेले ‘फोनपे अफलाइन पेमेन्ट’ सेवा सार्वजनिक गरेको हो ।

फोनपेलेले यस सेवा अन्तर्गत अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी ‘फोनपे ट्याग’ तथा ‘कस्टमर प्रेजेन्टेड’ सेवा सार्वजनिक गरिएको छ ।

‘फोनपे ट्याग’ (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) डिभाइस प्रयोगकर्ता (एन्ड्रोइड)ले क्यूआरमार्फत भुक्तानी गर्नसक्ने छन् ।

एनएफसी डिभाइस नभएका प्रयोगकर्ताको हकमा कम्पनीले ‘कस्टमर प्रेजेन्टेड क्यूआर’ सेवा ल्याएको छ, जुन प्रक्रियामा मर्चेन्टले सेवाग्राही (एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ता)को क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने छन् ।

मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।

यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको हो । यसबाट पोस मसिन लिन नसक्ने साना तथा मझौला व्यापारीका लागि यो सेवा उपयोगी हुने कम्पनीले बताएकाे छ  ।

 

 

You might also like

Comments are closed.