प्रतिबन्धित २ लाख ८७ हजार भारू नोटसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा प्रतिबन्धित २ लाख ८७ हजार भारू नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ वर्षीय महेशभाइ रुगनाथभाई कुंडारीया रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजारसहित कुंडारीयालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

काठमाडौंबाट बुद्ध एयरको उडानद्वारा विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपियाँ फेला पारी पक्राउ गरेको हो ।

You might also like

Comments are closed.