यस्ता छन् सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु !

काठमाडौं ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्ले १४ वटा विषयमा निणर्य गरेको थियो ।

मंगलबार मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रटोलिएम अन्वेषणका लागि दैलेख जिल्लाको भैरबी गाउपालिका वडा नं १ जलजलेमा रहेको ४५ रोपनी जग्गा पाप्त गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएकाे बताएकी छन् ।

jutta mela

त्यस्तै उनले वाग्मती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, भारतमा आयोजना हुने नेपाल-भारत विद्युत् व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको बताइन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

You might also like

Comments are closed.