भौगोलिक, सांस्कृतिक, सामाजिक र सांस्कृतिक मात्र नभएर यहाँका जातजाति, भाषाभाषी र प्राकृतिक मनोरमताले नेपाललाई विश्वकै एक अद्वितीय मुलुकका रुपमा चिनाएको छ । जैविक विविधता यहाँको अर्को सुन्दर पक्ष हो ।समुद्री सतह ६० मिटरदेखि पृथ्वीको विश्वकै अग्लो सगरमाथाको उच्चतम विन्दु ८,८४८ मिटरमा यही देशमा छ केवल यो सबै १५० किलोमिटरको दूरीमा छ । नेपालले पृथ्वीको कुल भूभागको ०.१५ ओगटेको छ । यहाँ पाइने चरा, पुतली, वनस्पति, जैविक विविधताले नेपाललाई एक विविधतापूर्ण देशका रुपमा उभ्याएको छ । यसले पर्यटकीय आर्कषण बढाएको छ । तर यहाँ कार्यरत पर्यटक मजदुरहरुको स्थान भने माथि उठन सकेको छैन । कारण यो कि हाम्रो देशमा कामको उचित मुल्याकङ्न नहुनु । मजदुरको सम्मान नहुनु । नेपालमा जुनसुकै क्षेत्र होस मजदुरहरुको सम्मान भएको देखिदैन । अलिकति हेप्न वा ठग्न खोज्ने प्रवृत्ति विद्यमान छ ।
मलाई लाग्छ पर्यटन क्षेत्र र यहाँ कार्यरत मजदुर पनि यसबाट अछुतो छैनन । कोरोना र लकडाउनले आर्थिक क्षेत्रलाई कमजोर बनाएको जसको सबैभन्दा मार पर्यटन क्षेत्र पनि रहयो । विस्तारै अरु क्षेत्रसँगै पर्यटन क्षेत्र पनि गति लिन थालेको प्रतित हुन्छ । आशा गर्न भने सकिन्छ । तर मजदुरहरु खासगरी पर्यटन क्षेत्रका उचित ज्याला, सुविधा र सम्मानबाट टाढै छन् । यो क्रम जारी छ । हाम्रो पर्यटन क्षेत्र भनेको एक वर्षमा दुई मौसम गरेर चार महिना व्यस्त हुने र काम गर्ने हो । त्यसैमा पनि कुनै कम्पनिले थोरै तलब दिएर काम लगाउछन । सरकारले पनि पान नम्बर दिएर झनै चर्को मारमा पारेको छ । कमाइ समाइ छैन त्यो पान नम्बरको कर कसरी तिर्ने ? अनि छोराछोरी कसरी पाल्ने । घरको भाडा तिर्ने ? जीवन एक संघर्ष हो । यो क्रम चलिरहन्छ । तर उचित श्रम, सम्मान र सुविधा नपाउँदा मन खिन्न हुन्छ । केही कम्पनीको हेपाहा प्रवृत्तिले निरास पनि बनाउछ । त्यसैले पर्यटन क्षेत्रमा कार्यरत मजदुर कतिपय विदेश पलायन भएका छन् ।
कम्पनीले आफू धेरै लिने मजदुरलाई कम दिने गर्नाले पनि अप्ठयारो भएको हुन सक्छ । मेरो बारेमा भन्नु पर्दा मैले अंग्रेजीमा स्नातकोत्तर गरेर पथप्रर्दशकको लाइसेन्स लिएको छु । तर, काम त्यती पाएको छैन । म एकल महिला हु । मेरो छोरा छ । म र छोरा बस्छौ पोखरा लेकसाइडमा एक कोठा लिएर । मेरो केही छैन म गरी खाने हो । मेरो कुनै नीजि सम्पत्ति छैन । अर्को शब्दमा भन्नु पर्दा म सुकुमबासी नै हो । मेरो जीवन मलाई संघर्षशील लाग्छ । कर्म र काम गरेर खाने मेरो सोच हो । जीवीकोपार्जनको लागि कहिले सडकमा चिया बेच्ने गर्छु किनकी सबैलाई बाच्ने इच्छा हुदो रहेछ । छोरा पढाउनै पर्यो ।
हाम्रोमा प्रायः नेपाली नेतामा दूरदर्शिताको अभाव छ । देश बनाउने अठोट, संकल्प र नीतिको अभाव छ । जसको कारणले पर्यटन व्यवसायमा सोचेअुनरुपको उपलब्धि हाँसिल हुन सकिरहेको छैन । नेपालमा पर्यटकका लागि आधारभूत सुविधाको पनि अभाव छ । यहाँको प्रशासनिक प्रक्रिया निकै झन्झटिलो छ । प्रायः कर्मचारी प्रशासन चुस्त दुरुस्त छैन । यहाँ प्रत्येक निकायको निरीक्षण र अनुगमन गर्ने निकायको अभाव छ । प्रायः अनुगमन गर्ने निकायले आफैले नियम कानूनको पालना गरेका हुँदैनन् । पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरुबीच पनि आपसमा अस्वस्थ प्रतिस्पर्धा छ । कतिपय व्यवसायीले आफ्नो व्यापार व्यवसाय बढाउन अन्य क्षेत्रको बारेमा नकरात्मक प्रचार प्रसार गरेको पनि पाइन्छ । जसका कारण पनि पर्यटन व्यवसायको विकासमा थप चुनौती थपिएका छन ।
यहाँ योग्यताको कदर हुँदैन अनि पर्यटन व्यवसायी र मजदुर बीचको स्थान आकाश र पातालको फरक छ । यस्तो प्रवृत्ति कहिले सम्म रहने रु मलाई पनि केही कम्पनिले एकदमै न्युन ज्यालामा काम लगाउन खोज्ने गर्छन । मसंग पदप्रदर्शकको प्रमाणपत्र हुँदा हुँदै पनि मसंग भएको सीप, ज्ञान र दक्षतालाई प्रयोगमा ल्याउन पाएको छैन ।
हामी पर्यटन क्षेत्रका मजदुरको जीवन यस्तो पाराले कसरी चल्छ रु जबसम्म हाम्रो देशमा पर्यटन उधोगको विकास हुनेछैन तबसम्म मजदुरको जीवन स्तरमा पनि सुध्रदैन । सबैको सहकार्यमा नै अघि बढ्न सकिन्छ । सबै मिलेर पर्यटन क्षेत्रको विकास गरी यहाँ कार्यरत मजदुरलाई सम्मानजनक सुविधासहित जीवनयापनको मार्ग प्रशस्त गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
Comments are closed.