काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई(कमर्स, काठमाडौंले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएच (ARRTSM GmbH) सँग साझेदारी गरेको छ ।
सम्झौता अनुसार जर्मनीको सो टेक कम्पनीले सफ्टवेरिका कलेजका २ सय भन्दा बढी विद्यार्थीहरूलाई नेपाल र जर्मनीमा आईटी क्षेत्रमा रोजगारी दिनेछ ।एआरआरटीएसएम जीएमबीएच जर्मनको अत्याधुनिक रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा पायोनियर कम्पनी हो ।
सफ्टवारिका कलेज र सफ्टएड ग्रुप अफ कम्पनीजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्टवारिका कलेज शिक्षामा नवीनतम प्रविधि र व्यावहारिक आधारमा प्राविधिक जनशक्ति विकास गर्न सधैं अग्रपंक्तिमा रहेको बताए ।
उनले भने, ‘यो पहल हाम्रा आन्तरिक विद्यार्थीहरूका साथै देशभरका प्राविधिक अनुसन्धानकर्ताहरूका लागि नेपालमा उच्चस्तरीय प्राविधिक अनुसन्धान प्रयोगशाला सिर्जना गर्न एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। ”
सफ्टवारिका कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई विश्वस्तरीय उत्कृष्ट सिकाइ अनुभव दिलाउनका लिग कलेजले काम गर्दै आएको बताए ।उनले भने, ”हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्छौं ताकि हाम्रा विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट प्राविधिक संस्थाहरूसँग सिकाइ अनुभव प्रदान गर्न सकियोस् ।”
उनले यो साझेदारीले विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण हुने विश्वास गरे ।एआरआरटीएसएम जीएमबीएचका प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर गौलीले यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्याउन यो सम्झौता महत्वपूर्ण भएको बताए ।
उनले भने,आईटी शिक्षा र अनुसन्धानमा विश्वसनीय ट्रयाक रेकर्ड भएको नेपालको यस्तो प्रतिष्ठित शैक्षिक संस्थासँग साझेदारी गर्न पाउँदा मलाई असाध्यै आनन्द र सन्तुष्टि मिलेको छ, यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्याउने विश्वास लिएको छु ।”
उनले आफू युवा प्रतिभासँग काम गर्न निकै उत्साहित रहेको बताए । उनले भने,”युवा पुस्तालाई प्रविधि हस्तान्तरण हाम्रो सहयोगको मुख्य उद्देश्य हो ।”यो सम्झौताले भावी पुस्ताका लागि ठूलो अवसर सिर्जना गर्ने उनले बताए ।
Comments are closed.