काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि आइपीओ खुला हुने भएको छ ।
कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता आइपीओ विक्री खुला गर्न लागेको हो । २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।उक्त आइपीओमा फागुन १० गतेसम्ममा आवेदन दिन सकिनेछ ।
कम्पनीले साधारण सेयरका लागि जारी पुँजीको ३४ प्रतिशत सेयर छुट्टाएकाेमा स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरूका लागि र सर्वसाधारणका लागि गरी कुल २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो ।
जसमध्ये २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुटाइएको थियो । यस्तै, ५४ हजार ७५० कित्ता सेयर स्थानीयका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटाइएको थियाे भने बाँकी सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता छुटाइएकाे हाे ।
कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा गएकाहरूका लागि आइपीओ बिक्री गरिसकेको छ ।
Comments are closed.