मंगलबार बढेको सेयर बजारमा बुधबार फेरि घटेको छ । मंगलबार ७६ दशमलव ६४ अंकले बढेको सेयर बजार परिसूचक नेप्से बुधबार ७ दशमलब १६अंकले घटेको छ ।
बुधबार बजार परिसूचक नेप्से ७ दशमलव १६ अंकले घटेर २ हजार १ सय ७०. १८ अंकमा बन्द भएको छ ।आज २५७ कम्पनीका १ करोड ५ लाख २ हजार ६४९ सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
हिजो तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । नेप्से घटेपनि मंगलबारको तुलनामा बुधबार सेयर कारोबार बढेको छ ।
कारोबारको आधारमा नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थिानमा रहेको छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा अपी पावर कम्पनी र नगदी ग्रुप पावर कम्पनी तेस्रो स्थानमा र एनआइसी एशिया बैंक चौथो स्थानमा कारोबार कारोबार भएको छ।
कारोबारमा तेह्रथुम पावर र धौलागीरी लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ३ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ।
Comments are closed.