काठमाडौं । बढुवा समितिको सचिवालयले ४ जना सशस्त्र पहरी वरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।
सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डिआइजीको पद रिक्त छ।रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र पहरी बरिष्ठ उपरीक्षकहरुले ऐ. नियमावलीको नियम ५ छ मा व्यवस्था भए बमाेजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्न समित समक्ष उजुरी दिन सक्ने समेत सचिवालयले जनाएको छ ।
Comments are closed.