माया खोला हाईड्रोपावर आइपीओ बाँडफाड, १ लाख ९९ हजार २०० जनाले पाए १० कित्ता

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडकोे सर्वसाधारणमा निष्काशीत आइपीओ बाँडफाड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त शेयर बाँडफाँट भएको हो ।

उक्त कम्पनीको आइपीओ एक लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले १९ लाख ९२ हजार कित्ता आइपीओ प्राप्त गरेका छन् । यसमा कुल १४ लाख ३५ हजार ३१३ जनाले आवेदन दिएका थिए ।

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरेको थियो ।

कम्पनीले एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने कर्मचारीका लागि ४८ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिनका थिए । कुल १४ लाख ३५ हजार ३१३ जनाले आवेदन दिएका थिए ।
हाल माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको मायाखोला जलविद्युत आयोजनाको १४.९ मे.गा. क्षमताको विद्युत उत्पादनको आन्तरिक परिक्षण सम्पन्न भैसकेको र नेपाल विद्युत प्राधिकरणबाट परिक्षण भैरहेको र आगामी १५ दिन पश्चात व्यापारिक उत्पादन कार्य शुरु गरिने कम्पनीका प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठले जानकारी प्रदान गरे ।

You might also like

Comments are closed.