काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँड हुँदैछ ।
कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार माघ २७ गते शुक्रबार बाँडफाँड हुने भएको हो । उक्तआइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा हुने छ ।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।
Comments are closed.