साइमेक्स इंन्कले ल्यायो १०० किलोवाटको बीवाइडी एट्टो–३

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो-३ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले बुकिङ खुला गर्दै शुक्रबार यसको मूल्य समेत सार्वजनिक गरेको छ ।

एट्टो–३ को मूल्य ६४ लाख ९० हजार रुपैयाँ रहेको र पहिले १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध सो कार अब भने कम क्षमतामा हुने प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । मोटर पावर कम भए पनि बीवाईडी एट्टो ३ को अन्य फिचरमा भने परिवर्तन नहुने उनको भनाइ छ ।

नेपाली बजारमा हाल उपलब्ध बीवाईडी एट्टो ३ मा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने श्रेष्ठको भनाइ छ ।

बीवाइडीले यो नयाँ कारलाई उसको आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२।८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग दिइएको छ ।

You might also like

Comments are closed.