चिलिमे जलविद्युतले कमायो ३९ करोड ३८ लाख खुद नाफा

काठमाडौं ।  चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको हो ।

गत वर्ष यही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा गत बर्षको तुलनामा १.८३ प्रतिशत कम नाफा आर्जन गरेको हो ।

चुक्तापुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.७४ रुपैयाँँ रहेको छ।

पीई रेसियो ४१.३२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.३९ रुपैयाँ रहेको छ। दोस्रो त्रैमासका कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १.८७ प्रतिशतले बढेर ६३ करोड ६५ लाख रुपैयाँ भएको छ।

You might also like

Comments are closed.