बजेटको मध्यावधी समिक्षा गर्न अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन

काठमाडौं ।  बजेटको मध्यावधी समिक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अर्थ मन्त्रालयमा बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे पत्रकार सम्मेलन गर्न लागेको अर्थमन्त्रालय पौडेलको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक सुधारका संकेतहरु देखिए पनि रेमिट्यान्स, डलर सञ्चिती त्यति सन्तोषजनक नरहेको बताउँदै आएका छन् ।

अर्थमन्त्री पौडेलले पछिल्लो समयमा सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकतामा राखेका छन् ।

You might also like

Comments are closed.