आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगिता सम्पन्न

काठमाडौं ।  नेपालमा जापानी भाषा, संस्कृति र जापानी शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ जापानिज ल्याग्वोज स्कुल एसोसिएसन  अफ नेपाल जाल्सनले जापानिज ल्याङ्वेज स्पीच कन्टेस्ट आयोजना गदै आइरहेको छ। वानेश्वरमास्थित इन्द्रेणी बैन्क्वेन्टमा माघ २८ गते शनिबारका दिन आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगिता  सम्पन्न भएको छ ।

कार्यक्रममा जापानी दुतावास, जाईका अलुम्नाइ एसोसिएसन अफ नेपाल जान, जापानिज युनिभर्सिटी अलुम्नाइ एसोसिएसन अफ नेपाल जुवान, AOTS NEPAL, IWATANI GAKUEN, फेडरेसन अफ एजुकेसनल काउन्सील, एभरेष्ट बैंक, सिटी एक्सप्रेस, इष्ट बृज, ECAN, FECON, NIHONJINKAI, IERIN, NECA, NAAER, LAN, JLCT, J-CERT, PJC, NAT TEST, पुडासैनी मैत्री समाज, नरेन्द्र बाटीका नक्साल लगायत जाल्सन परीवारको बाक्लो उपस्थित रहेको थियो । ।

राष्ट्रिय गानको उच्च सम्मान गदै अगाडि बढेको वक्तित्व कला प्रतियोगिताको औपचारिक उद्घाटन र अतिथिलाई स्वागत संस्थाका महासचिव अरुण पाण्डेले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुनिल ब्रजाचार्यले जाल्सनको क्रियाकलापको बारेमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा जाल्सनका सञ्चालक समितिका सदस्य रमेश आचार्यले विद्यार्थी, निर्णायक वर्ग र उपस्थितहरूमा आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगिताको नियमहरु पढेर सुनाएका थिए ।

आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगितामा प्रतियोगि विद्यार्थीहरुले तोकिएको बिषयमा आफ्नो बक्तित्व कला प्रस्तुत गरेका थिए। आठौं जापानी भाषा वक्तित्व कला प्रतियोगिताका जुरि कमिटिका सदस्यहरु जापानि दुतावासकी द्वितीय सचिव (सेकेन्ड सेक्रेटरी) मिस साटो मायुको, नियोन्जिन खाई नेपालकी डारेक्टर मिस कुमिको काटो र जा की महासचिव शान्ति लक्ष्मी शाक्यबाट संयुक्तरुपमा उत्कृष्ट प्रतियोगी विद्यार्थीहरु क्रमशः सगरमाथा जापानिज ल्याङ्वेज इन्स्टिच्युटका ह्रदर्य शाक्य प्रथम, स्कालार्क जापानिज ल्याङ्वेज स्कुलका निकेश घिसिङ तामाङ द्धितिय, वाकाबा एडुकेशन कन्स्लटेन्सिका रविन डङ्गोल तृतीय र इन्टरनेशनल काईकन एडुकेशनल कन्स्लटेन्सिकी अर्चना श्रेष्ठ चौथो स्थान ओगट्न सफल भएको जानकारी गएका थिए ।

त्यस्तै, उत्कृष्ट प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जापानिज दुतावासका राजदुत  किकुता युत्तकाले सर्टिफिकेट र पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण पश्चात  राजदुतले नेपालमा जापानिज भाषा, संस्कृति र जापानि शैक्षिक प्रणालीको प्रवर्द्धन गर्नमा जापानिज ल्याग्वोज स्कुल एशोशियशन अफ नेपाल जाल्सनले पुराएको योगदानको उच्च कदर गदै आफ्नो मन्तव्य व्यक्त गरे ।

संस्थाका अध्यक्ष रमेश देवकोटाले उपस्थित जुरि कमिटि, अतिथि र प्रयोजकहरुलाई मायाको चिनो प्रदान गर्नुको साथै सम्पुर्ण प्रतियोगिहरुलाई सिटि एक्सप्रेसद्वारा उपलव्ध गराइएको उपहारहरू प्रदान गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरुलाई संस्थाका आई पि पि झम्कलाल श्रेष्ठ(विशाल) बाट सर्टिफिकेट वितरण गरिएको थियो ।कार्यक्रमा संस्थाका सदस्य द्वय सञ्जिव जङ्ग वन र मिरिया खड्गिले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.