१५ प्रतिशतले घट्यो सरकारको राजस्व संकलन (पूर्णपाठ)

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक बर्ष अघिल्लो वर्ष भन्दा  १५ प्रतिशत कम राजस्व संकलन भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व संकलन भएको जानकारी भएको जानकारी दिएका हुन् । यो अंक गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको राजस्वभन्दा पनि १५ प्रतिशत कम हो ।

‘राजस्वमा यस्तो खालको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४-०२५ पछि पहिलो पटक हुन पुगेको छ’ उनले भनाई छ । त्यस्तै अर्थमन्त्री पौडेले चालु आवको बजेटको चालु आवको आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुसार नहुने समेत बताए ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजस्व संकलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड तोकेका थिए ।

यस्तै, वर्षको मुद्रास्फीति ७ प्रतिशत सीमामा राख्ने लक्ष्य भएकामा अहिले नै ७.२६ प्रतिशत पुगिसकेको छ ।यसअवधिमा कर्जा २.८ प्रतिशत र निक्षेप ४.२ प्रतिशतले बढेको छ ।

 

 

You might also like

Comments are closed.