विमानस्थलबाट ६ हजार युरोसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले विमानस्थलबाट ६ हजार युरोसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

तोकिएको पासपोर्ट सुविधा वापतको ६ हजार युरो रकम र अन्य कागजातसहित विदेशी मुद्रा बाहेक बाहिर लैजान नपाइने मुलुकको विद्यमान कानुनको उल्लंघन गरेको अभियोगमा आइतबार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाग्लुङका १०६८२८२३ नम्बरको पासपोर्ट बोकेका २९ वर्षीय लालबहादुर थापा र रामेछापका ०७४४३१६६ नम्बरको पासपोर्ट बोकेका २९ वर्षे विशाल खत्रीलाई ब्यागेज चेकिङ गर्ने क्रममा उक्त यूरोसहित पक्राउ गरिएको हो ।

हिजो मध्यरातमा मलेसियन एअरलाइन्सबाट क्वालालम्पुर जान लागेका बाग्लुङ र रामेछापका दुई जनाको साथबाट तीन तीन हजार युरो फेला परेको प्रहरीले बताएका छन् । पक्राउ पर्ने उनीहरुलाई थप अनुसन्धानको निम्ति महानगरीय प्रहरी वृत्त, गौशालामा राति नै पठाइएको हो ।

 

You might also like

Comments are closed.