काठमाडौंमा पहिलोपटक आइपुग्यो फाइजरको नयाँ बाइभ्यालेन्ट खोप

काठमाडौं ।  ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने फाइजरको नयाँ बाइभ्यालेन्ट खोप पहिलो पटक नेपाल भित्रिएको छ ।

कोरोना भाइरसको ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा सोमबार बिहान काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । बाइभ्यालेन्ट खोप गाभीमार्फत नेपाल सरकारले प्राप्त गरेको हो ।

सोमबार आएको खोप टेकु भण्डारण केन्द्रमा राखिनेछ । त्यसपछि देशभरका भण्डारण केन्द्रमा पठाइने शाखाले जनाएको छ ।शाखाका अनुसार चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चित गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख ८८३ मात्राको पहिलो खेप अहिले ल्याइएको हो ।

दोस्रो र तेस्रो खेपमा ११ लाख ५४ हजार ११७ मात्रा खोप ल्याउने तयारी सरकारले  गरिरहेको छ ।

 

 

You might also like

Comments are closed.

Skip1