काठमाडौं । दुईदिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र राष्टपति विद्यादेवी भण्डारीबीच भेटर्वाता भएको छ ।
राष्ट्रपति भण्डारी र भारतीय विदेश सचि क्वात्राबीच सोमबार औपचारीक भेटर्वाता भएको हाे । भारतीय दूतावासले विदेश सचिव क्वात्राले भेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएको जानकारी दिएको छ ।
क्वात्रा सोमबार बिहान काठमाडौं आएका हुन् । उनले सोमबार नै परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार गरेका छन् । त्यस्तै, नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठकपछि क्वात्राले परराष्ट्र मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् ।
सोमबार नै होटेल याक एन्ड यतीमा भएको परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको थियो ।
Comments are closed.