काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गर्न लागेको हो।
उक्त आइपीओ मध्ये आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका साबिकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र सङ्खुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन्।
रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
Comments are closed.