नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ ।आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ दशमलव ९० अंकले घटेको हो ।

आज नेप्से १३ दशमलव ९० अंकले घटेर २ हजार ९१ दशमलव ५६ अंकमा पुगेर बन्द भएको छ । आज २५६ कम्पनीका ४८ लाख १५ हजार १ सय २० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड २२ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको मूल्य बढेको भने १७६ वटाको घट्दा, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ ।यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ ।

बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।

गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घट्यो । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले घट्नेमा परेको छ ।

 

You might also like

Comments are closed.