नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा सोमबार भएको तोडफोड तथा लुटपाटप्रति विरोध

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले फागुन १ गते सोमबार नयाँ बसर्पाकस्थित ल्होसे व्यापारिक केन्द्रका पसलहरुको बन्दसटर तोडफोड गरी भएको लुटपाटको घोर विरोध गरेको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै फागुन १ गते सोमबार तीनवटा यातायत मजदुर संगठनले गरेको आन्दोलनको मौका छोपी नयाँ बसर्पाकस्थित ल्होसे व्यापारिक केन्द्रका पसलहरुको बन्दसटर तोेडफोड गरी दिनदहाडै भएको लुटपाटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

”फागुन १ गते सोमबार तीनवटा यातायत मजदुर संगठन (नेपाल आयतायत स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात संगठन)ले गरेको आन्दोलनको मौका छोपी नयाँ बसर्पाकस्थित ल्होसे व्यापारिक केन्द्रका पसलहरुको बन्दसटर तोेडफोड गरी दिनदहाडै भएको लुटपाटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । राज्य प्रशासन र कानूनलाई ठाडै चनौती दिदैँ दिनदहाडै भएको यो घटनाले सुरक्षा निकायको जनतालाई दिनुपर्ने शान्ति सुरक्षा र आफ्नो कर्तव्यमा कमिकमजोरी भएको देखिन्छ ” विज्ञप्तिमा भनिएको छ ।

तोडफोड र लुटपाटको घोर विरोध गर्दै यस कार्यमा संलग्न जो कोहीलार्य पनि पक्राउ गरी कारवाही गर्न र पिडित व्यवसायीहरुलाई आवश्यक क्षतिपूर्ति प्रदान गर्न सरकारसमक्ष संघले माग गरेको छ ।

कोभिड प्रकोप, चर्को बैंक ब्याजदर लगायतका कारण धरासयी हुँदै गइरहेको निजी क्षेत्रमा यस्ता घटनाले थप प्रभावित हुने संघको भनाई छ ।साथै उद्योगी व्यवसायीहरुले निर्धक्क भई आफ्नो व्यवसाय गर्ने वातावरण तयार गर्न समेत संघले सरकारलाई अनुरोध गरको छ ।

You might also like

Comments are closed.