काठमाडौं– युरोपेली संसदले फेब्रुअरी १४ देखि औपचारिक रूपमा युरोपेली युनियनभित्र सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेलबाट चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने कानूनलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।
इयूले जलवायु परिवर्तनसँग लड्नका लागि विद्युतीय कारको प्रयोगमा विस्थापित गर्न लागेको जनाएको छ । योसँगै इयूका २७ मुलुकमा फ्युल फोसिलबाट चल्ने छैनन् । नयाँ कार निर्माताले अब बन्ने कारमा शत प्रतिशत कार्बनडाइअक्साइड उत्सर्गन घटाउनु पर्नेछ ।
इयूले सन् २०३० बाट सन् २०२१ को तुलनामा ५५ प्रतिशत कार्वनडाइअक्साइड उत्र्सगन कम गर्ने लक्ष्य राखेको छ । यस अघि इयूले यो लक्ष्य ३७.५ प्रतिशत मात्र राखेको थियो । यो प्रावधान ल्याउन संसदसँग सहजिकरण गरिरहेका जान हुइटेमाले विद्युतिय सवारी साधन फ्युल फोसिलको तुलनामा धेरै प्रभावकारी हुने बताए ।
सन् २०२१ मा यो नियम प्रस्ताव गर्दा फोसिल फ्युलबाट चल्ने गाडी निर्माताहरूले विरोध जनाएका थिए , पछि उनीहरूसँग वर्षमा १० हजार साना गाडी सन् २०३६ सम्म उत्पादन गर्न सकिने सहमति भएको थियो ।
Comments are closed.