नारायणगढ–मुग्लिन सडक खण्ड थप १५ दिन बन्द रहने

काठमाडौं– नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि १५ दिन ४ घण्टा बन्द हुने भएको छ । चिसेन्जी र तुइनखोलमा पुल बनाउनका लागि पहरो फुटाउनको लागि १५ दिन सडक बन्द गरिन लागेको आयोजना कार्यालयले जनाएको छ ।

चिसेन्जी र तुइनखोलामा पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको छ।

सडक आयोजनाका अनुसार गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो फोड्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागेको हो ।

You might also like

Comments are closed.