पोखरा । पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रालिले आयोजना गरेको पोखरा महानगरपालिका -३३ बागमारामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
सरस्वती टीका माबि परिसरमा भएको उक्त बृहत नि:शुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक,कान,घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानीय ५८५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा हेमन्तकुमार मानन्धरले बताए ।
उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा डा हेमन्तकुमार मानन्धर, डा कल्याण बराल, डा प्रेमराज पंगेनी, डा सृजना शर्मा, डा सुरज बराल, डा शुरेश परियार, डा रोजिना पौडेल, डा बिक्रमबाबु कार्की, डा अन्जिता हिराचन, डा सुमन पराजुली लगायतले बिरामीलाई निशुल्क चेकजाच, स्वास्थ्य परामर्श तथा औषधि वितरण गरिएको र लक्षित समुहमा सेवा उपलब्ध गराउन सकिएको ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताएका छन ।
सो अवसरमा १६० जनाको नि:शुल्क सुगर तथा युरिक एसिड जाँच र १२० जनाको भिडियो एक्सरे समेत गरिएको थियो। आवश्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि निशुल्क औषधि वितरण गरिएको बताइएको छ।
हस्पिटलका संचालक महेश सिग्देललेले उक्त कार्यक्रम पोखरा मनपा – ३३ का वडा अध्यक्ष रामचन्द्र पराजुली, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विद्यालय परिवार, आमा समुह, युवा कलव, टोल विकास समितिको समन्वयमा गरिएको जानकारी गराउदै शिविरमा सर्मपित सम्पर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे ।
२४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भने प्रत्यक हप्ताको सोमवार नि:शुल्क हाड जोर्नी तथा नसारोगको किल्निक संचालन गरिरहेको साथै यस हस्पिटलले नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजीक सुरक्षा कोष कार्यक्रममा आवद्ध हुने सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा, र उक्त कोषका सदस्यहरुको दुर्घटना भई चोट पटक लागेमा सत प्रतिशत नि:शुल्क सहित स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराई रहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा ऋषीराम ढकालले बताए ।
Comments are closed.