म्याच फिक्सिङको आरोपमा महबुब आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल टी-२० क्रिकेट लिग ‘स्पाेट फिक्सिङ’ आरोपमा महबुब आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाण्डौले सोमबार  ‘स्पाेट फिक्सिङ’ गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आज सोमबार आदिल र महबुबसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । पाँच जनामध्ये तीन जना खेलाडी रहेका छन् । खेलाडीहरू आदिल, महबुब र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ( सीआइबी) ले पक्राउ गरिसकेको छ ।

त्यस्तै ‘स्पट फिक्सिङ’ मा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् ।गएको पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी-२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआइबीले अनुसन्धान गरेको थियो । सीआईबीले प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको निष्कर्ष निकालेको थियो ।

You might also like

Comments are closed.