काठमाडौं । मंगलबार तोलामा २ सयले घटेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ ।
मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तोलाको १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बुधबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको ।
त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै बुधबार चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँ कायम भई कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.