मेन्छियाम हाइड्रोपावरको आइपीओ आजबाट खुला

काठमाडौं ।  मेन्छियाम हाइड्रोपावरको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आजबाट ५ लाख ४२ हजार ५ सय ८३ कित्ता आइपीओ बिक्री खुला गरेको होआइपीओ बिक्री खुला गरेको हो ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सो मध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २ सय ९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २ सय ९१ कित्ता सेयर छुट्याइएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ । उक्त आइपीओमा छिटोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा सम्पूर्ण आवेदन नपरेमा स्थानियले भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

 

You might also like

Comments are closed.