कलङ्की-महाराजगन्ज सडक बिस्तारको काम छिट्टै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले  कलङ्की-महाराजगन्ज सडक बिस्तार अब चाँडै सुरु हुने बताएका छन् ।

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले कलङ्की-महाराजगन्ज सडक खण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।यो सडक खण्ड केही समयदेखि विस्तारको काम सुरु गरे पनि रोकिएको थियो।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ र बिजुली पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको र छिट्टै काम सुरु गर्ने सहमति भएको श्रेष्ठले बताएका हुन् ।

उनले भने, ‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ। कलंकी देखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ। यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ। त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ। यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन। नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ। समस्याको समाधान निकाली सकेको छौँ। बिजुली पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिट्टै हामीले काम सुरु गर्ने सहमति भएको छ। सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ। बिजुलीका पोल, स्वयम्भू अघिको समस्याहरूका कुराहरू छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ। सकेसम्म महाराजगन्जदेखि धोबी खोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ। तर सहमति भने त्यो होइन।’

You might also like

Comments are closed.