कमलविनायकमा एभरेष्ट बैंकको १२४ औं शाखा विस्तार

काठमाडौं ।  एभरेष्ट बैंकले भक्तपुरको कमलविनायकमा १२४ औं शाखा विस्तार गरेको छ । बैंकले बिहीबारबाट नयाँ शाखा कार्यालय शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।

त्यस्तै बैंकले  बचत खाता (न्यूनतम मौज्दात) १ सय रुपैयाँ, तलबी बचत खाता, डेबिट कार्ड (ए.टी.एम.कार्ड) पहिलो पटक निःशुल्क, एसएमएस एल्टर सेवा पहिलो पटक,  मोबाइल बैंकिङ सेवा पहिलो पटक निःशुल्क  जस्ता याेजना अफर ल्याएकाे छ ।

यो योजना सिमित अवधिको लागि मात्र लागु  हुने बैंकले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुलप्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, बैंकका बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो ।

 

 

You might also like

Comments are closed.