बैंक तथा वित्तीय संस्थाले भाका नाघेको एक महिना भित्र पेनाल ब्याज लिन नपाउने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाउने भएका छन् ।

शुक्रवार निर्देशन जारी गर्दै राष्ट्रबैंकले यो व्यवस्था गरेको हो । यो वयवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागु हुने राष्ट्रबैंकले जानकारी दिएको छ ।

तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम बैंक तथा वित्तीय संस्थले सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन पाउने छन् ।

You might also like

Comments are closed.