सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल कति?

काठमाडौं । सरकारले यो बर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ। सरकारले  चालु आर्थिक वर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको हो।

यो वर्षको समर्थन मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल १८७ रुपैयाँ बढी हो। गत वर्ष सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६४ रुपैयाँ ९० पैसा तोकेको थियो।

jutta mela

कृषि मन्त्रालयले प्रतिक्विन्टल उत्पादन लागत २७२८ रुपैँया १५ पैँसा, प्रतिक्विन्टल उत्पादन लागतमा २० प्रतिशत मुनाफा ५४५ रुपैँया ६३ पैसा र प्रतिक्विन्टल दुवानी लागत ७६ रुपैँया ८८ पैँसा गरी गहुँको समर्थन मूल्य ३ हजार ३५० रुपैँया ६६ पैँसादेखि ३ हजार ३५१ रुपैँया तोक्न सिफारिस गरेको थियो।

प्रतिक्विन्टल उत्पादन, उत्पादन लागतमा २० प्रतिशत मुनाफा र प्रतिक्विन्टल ढुवानी लागत समेतको हिसाब गरेर कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि उपजको समर्थन मूल्य तोक्ने अभ्यास छ।

 

You might also like

Comments are closed.