सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त- द मेडिसिटी अस्पतालबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका बैंकले जनाएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत तीन वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।

You might also like

Comments are closed.