मनास्लु रजत यात्राः फरक शैक्षिक अभ्यासले आकर्षण थप्दै

काठमाडौं–७ चावहिल चुच्चेपार्टीमा रहेको मनास्लु वर्ल्ड स्कुल/कलेजले स्थापनाको २५ वर्ष प्रवेश गरेको छ । छोटो समयमा धेरैको मन जित्न सफल मनास्लु वर्ल्ड स्कुल/कलेज लामो समयदेखि शैक्षिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरुले सञ्चालन गर्दै आएको कलेज हो । यो पटक कलेजले २५औं स्थापना दिवसलाई रजत जयन्तीको रूपमा मनाउने भएको छ ।

यस्ता छन् रजत जयन्ती विशेष कार्यक्रमः
रजत जयन्तीको अवसरमा कलेजलाई आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्त्रण गर्ने कार्यक्रम छ । कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लुलाई क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट आइएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको बताए । सोही सन्दर्भमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए ।

कार्यक्रममा २०७९ मा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने ७ जना विद्यार्थीलाई मनास्लु एकेडेमिक आउटस्ट्याण्डिङ अवार्ड र कक्षा १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई मनास्लु एक्सेलेन्स अवार्ड २०७९ ले सम्मानित गरिँदै छ ।

सो अवसरमा गायिका अस्मिता अधिकारी, गायक हिमाल सागर र वाइल्ड रिपर्ज डान्स क्रु ले प्रस्तुति दिने कार्यक्रम छ ।

कलेज सञ्चालनको छोटो समयमै विद्यार्थीको आकर्षण

२५ वर्ष अगाडि स्थापना भएको स्कुलसँगै सन् २०२० बाट कलेज सञ्चालन भएको हो । प्लस टु तहमा करिब १३ सय विद्यार्थी र स्नातक तहमा ५ सय भन्दा बढी विद्यार्थी कलेजमा अध्ययनरत रहेको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरुको रुची के हो ? भन्ने बुझेर उनीहरुको इच्छा अनि चाहनाअनुसार टिचिङ, लर्निङ एक्टिभिटिज गराइने हुनाले विद्यार्थीको आकर्षण मनास्लुमा बढेको बताउँछन् श्रेष्ठ । श्रेष्ठले अन्य कलेजभन्दा फरक विशेषता बोकेको मनास्लु कलेज तथ स्कुलमा आउने जोसुकै विद्यार्थी यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट लोभिने गरेको दाबी गर्छन् ।

‘मनास्लुले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ, पढाइका अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने, ‘हामी अरुको प्रतिस्पर्धी भन्दा पनि आफ्नै मिहिनेत र लगनशील रही उत्कृष्टता र गुणस्तरीय शिक्षामा विश्वास गर्छौं ।’

स्कुल तथा कलेजमा सुविधा सम्पन्न लाइब्रेरी, साइन्स ल्याब कलेज रहेको छ । अंग्रेजी माध्यममा पढाई हुने स्कुलमा दिउसो र कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउने श्रेष्ठको भनाइ छ ।

आर्थिक अभावका कारण कसैले पनि शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भनेर मनास्लुले छात्रवृत्तीको व्यवस्था पनि गरेको अध्यक्ष लामाले जानकारी दिए । अध्ययनका साथै अघिल्लो योग्यतामा उत्कृष्ट विद्यार्थी, प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी र कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा राम्रो प्रस्तुति दिने विद्यार्थीले पनि कलेजबाट छात्रवृत्ति पाउँदै आएका छन् ।

मनास्लुमा स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत छन् । कलेजमा हाल प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएसडब्लु, बीबीए, बीएचएम् र एमबीए पनि थप गर्ने योजना बनाएको छ ।

उत्कृष्ट विद्यार्थीलाई रोजगारी

२०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित मनास्लु कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारीको व्यवस्थापन पनि गरिदिएको छ । कलेजका अध्यक्ष लामाले विद्यार्थीलाई रोजगारको अवसर पनि उपलब्ध गराइएको भन्दै विद्यार्थीले आफ्नो ज्ञानअनुसारको रोजगारी गर्न इच्छा देखाएको खण्डमा त्यसका लागि कलेजले समन्वय गरिदिने गरेको बताए ।

धेरै विद्यार्थीले यसरी रोजगारी पाउँदा उनीहरुमा पढाइप्रतिको आकर्षण थप बढ्दै गएको बताउँदै अध्यक्ष लामाले विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिको उपयुक्त सल्लाहका आधारमा क्याम्पस अघि बढिरहेको बताए ।

You might also like

Comments are closed.