यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बंकले बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले सोमबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा रहेको छ । साताको दोस्रो कारोबारको दिन सोमबारअमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

त्यस्तै,सोमबार युरो एकको खरिद मूल्य १३९ रुपैयाँ३५ पैसा र बिक्रीमूल्य १३९रूपैयाँ ९८पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८८ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रूपैयाँ २६ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ७२ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २१पैसा र बिक्री दर ३५ रूपैयाँ ३७ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७८ पैसा र बिक्री दर २९ रूपैयाँ ९२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

सम्रगमा सोमबार अमेरिकी डलरसहित केही देशको मुद्रा विनिमयदर स्थिर रहेको छ भने विदेशी मुद्रा घट्नुको साथै केही देशको मुद्रा केही पैसाले बढेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.