काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज बोलकबोल गर्ने भएको छ ।
राष्ट्र बैंकको मगंलबार अर्थात् फागुन १६ गते बिक्री हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुन लागेको हो ।राष्ट्र बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी ३ किसिममा ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
बैंकका अनुसार २८ दिने ट्रेजरीको ५ अर्ब रुपैयाँ र ९१ दिनको ३ अबै १३ करोड रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ बिक्री गरिनेछ ।
कूल ट्रेजरी बिलमध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
Comments are closed.