सरकारलाई दिएको समर्थन फिर्ता नलिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकलेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै निर्णय भने नगरेको रास्वपाको एक नेताले बताए । उनले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हामी अझै निर्णयमा नपुगेको र अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले यसबारे फेरि पार्टीमा छलफल गरी निर्णय गर्ने तर सरकारलाई दिएको समर्थन भने कायमै रहने जानकरी दिए । राष्टपतिको चुनाव यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि एमालेका सुवास नेम्वाङ र काँग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्।

पौडेलले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन्। पौडेललाई ८ दलको समर्थन छ। रास्वपाले माघ २२ गते सरकार छोडिसकेको छ।

 

You might also like

Comments are closed.